२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

नेपालका एक सय २५ भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’निर्माण


नेपालमा बोलिने एक सय २५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो ।कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’ को ‘डिजाइन’ गरेर मङ्गलवार यो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोडे’ भन्दा फरक ‘लेआउटे’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताउनुभयो ।भाषाविद् प्रा।डा।माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको लेखन पद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।।