२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

होलीका लागि ४० करोड बढी रङ आयात


रङहरूको पर्व हो, होली । यो पर्वमा आफन्तजन र साथीभाइबिच एकापसमा रङ दलेर खुसी साटासाट गरिन्छ । नेपालमा होलीका लागि आवश्यक रङ ठुलो परिमाणमा भारत लगायत अन्य मुलुकबाट आयात हुँदै आएको छ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा सिन्दूर बाहेकको रङ साढे ४० करोड बराबरको रङ आयात भएको छ । २०८१ माघ मसान्तसम्मको अवधिमा ४० करोड ४८ लाख ५७ हजार रुपैयाँको ७ लाख ७१ हजार १ सय ८३ किलो रङ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

उक्त रङ आयात हुँदा ८ करोड ७ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन रङ सबैभन्दा बढी होलीमै खपत हुन्छ । गत वर्षको सोही अवधिमा ३७ करोड ६७ लाख ३ हजार रुपैयाँको ६ लाख ४६ हजार ३४६ किलो रङ आयात भएको थियो । उक्त परिमाणमा रङ आयात हुँदा ७ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।