कालीकोटमा युवाहरुविच झगडा हुँदा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–१० चौकीमा बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा कुखरी प्रहार गर्दा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् ।
सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा बिहीबार बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए ।