दाङमा ३५ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । विभिन्न समयमा मुद्दा फैसला भई हालसम्म पनि फरार रहेका प्रतिवादीहरुको खोजलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका ३५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ४१ वर्ष १ महिना कैद र जम्मा जरिवाना रकम ६२ हजार ५ सय ९९ रुपैयाँ ७९ पैसा तिर्न बाँकी रहेका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवत्ता चक्र बहादुर शाहले बताउनुभयो ।
उनीहरुलाई लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी हिजो बुधबार नै पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दाङमा पठाईएको प्रवत्ता शाहले जानकारी दिनुभयो ।साथै, अपराधिक गतिबिधि÷घटनामा संलग्न रही फरार रहेका व्यक्तिहरू सम्बन्धि कुनै पनि जानकारी वा सूचना भएमा तत्काल जानकारी गराउन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयको सम्पर्क नं.९८५७८९०१०१ र ९८५७८४५१११ मा जानकारी गराउन कार्यालयले अनुरोध गरेको हो ।।