रङ्गहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली ९फागुपूर्णिमा० मनाइएको भोलिपल्ट तराईका जिल्लामा आज होली मनाउन लागिएको हो ।
आज झापा, दाङ, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । होली मनाइने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।