२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

तुलसीपुरमा घरको २ तला माथीबाट खस्दा एक बालक गम्भिर घाइते

दाङको तुलसीपुरमा घरको २ तला माथिबाट खस्दा एक बालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–६ छिनबाङ घर भई अहिले तुलसीपुर–९ बेलुवामा रहेको रुद्रबिर डाँगीको घरमा अण्टि नाता पर्ने फुपुको छोरीसँग कोठा भाडामा बस्दै आएका १० बर्षीय जनक खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घरको छतमा खेल्ने क्रममा हिजो सोमबार साँझ साढे 7 बजेको समयमा २ तला माथीबाट खस्ता उनी गम्भिर घाइते भएका हुन् । घाइते बालकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनााएको छ ।।