२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार

दाङको तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट तुलसीपुर – १८ दुधरास निवासी १८ बर्षीय विनोद नेपाली घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आज मंगलबार दिउँसो करिब २ बजे तिर तुलसीपुर – ५ गोदाम घर नजिकै २ जना अज्ञात व्यक्तिले सामान्य विवादमा नेपालीलाई ढाडमा खुकुरी प्रहार गरेका हुन् । घाइते नेपालीलको ढाडमा गहिरो चोट लागको छ ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज रिफर प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिहरु प्रहार रहेको र उनिहरुको खोजी कार्य थालिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।