दाङको राप्ती बबई क्याम्पस, तुलसीपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल भारी मतले विजयी भएको छ। संयुक्त विद्यार्थी समूहलाई पछि पार्दै अध्यक्ष पदका उम्मेदवार प्रमोद भण्डारी सहित नेविसंघको प्यानलै विजयी भएको छ । उनले अनेरास्ववियु र अन्य ७ विद्यार्थी संगठनको गठबन्धनका उम्मेदवार लेखमणि खत्रीलाई पराजित गरेका हुन्। निर्वाचनमा भण्डारी ७३७ मतले विजयी भए भने उनका निकटत प्रतिष्पर्धी खत्रीले ३८९ मत लिएका थिए । यसैगरी अध्यक्षका स्वतन्त्र उम्मेदवार कोमल बहादुर वली (केबी)ले १२६ मत रर कृष्ण केसी (डेबिट) ले २९ मत लिएका थिए ।
सचिव पदमा नेपाल विद्यार्थी संघका टोप बहादुर ओली ६१२ मत लिएर निर्वाचित भएका छन्, उनले गठबन्धनका उम्मेदवार सोनिया थापालाई ५६५ मतमा सिमिति पार्दै पराजित गरेका हुन्। कोषाध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी शिक्षा नेपाली ५६२ मतले निर्वाचित भएकी छन् भने गठबन्धनका उम्मेदवार तिलक राज डाँगी ४४७ मत लिएर पराजित भएका छन् । सदस्य पदमा पनि नेपाल विद्यार्थी संघका उम्मेदवारहरूले भारी मतका साथ जितेका छन्। निर्वाचित सदस्यहरूमा मनिशा चौधरी, रूपेश चौधरी, यम कुमारी भण्डारी, सन्जिव चौधरी, ममता वली, करूणा नेपाली, र लक्ष्मण वली रहेका छन्। सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, नेविसंघका उम्मेदवारहरूले भारी मतले विजय प्राप्त गरेका हुन्। ३ हजार ३ सय मतदाता रहेको क्याम्पसमा १,४१७ मत खसेको थियो।