२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

तुलसीपुरमा शान्तिनगरका एक युवकमाथि रड प्रहार

radदाङको तुलसीपुरमा एक युवकमाथि रड प्रहार भएकाे छ। तुलसीपुर बजारकाे मदन आश्रित चोकमा दाङकाे शान्तिनगर गाउपालिका वडा नं ४ का निवासी १९ बर्षीय  विप्लब योगीमाथि प्रहार भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ । बुधबार दिउँसाे २ बजेतिर उभिरहेको अवस्थामा अचानक उनिमाथि टाउकोमा रड प्रहार भएकाे हाे ।

उनलाई तुलसीपुरकाे समिता मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएकाे छ । घटनामा संलग्न भएकाे आराेपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घटना बारे अनुसन्धान भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेका व्यक्तिकाे परिचय खुलाइएकाे छैन् ।