२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

गाजा पट्टीमा इजरायली आक्रमणमा १ सय ३० प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीमा गएको ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १ सय ३० प्यालेस्टिनीको मृत्यु भएको छ भने २ सय ६३ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन–इजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७ सय ४७ पुगेको छ भने घाइतेको सङ्ख्या एक लाख १३ हजार २ सय १३ पुगेको छ । जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम भङ्ग भएपछि इजरायलले मङ्गलबारबाट गाजामा पुनः आक्रमण सुरु गरेको छ ।

यसैबीच, इजरायलले लेबनानमा हवाई आक्रणम गरेको छ भने जवाफमा लेबनानले इजरायलमा रकेट प्रहार गरेको छ । नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बच्चासहित सात जना मारिएको र ४० जना घाइते भएको जानकारी दिएको छ ।