२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

म्यान्मारमा भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या १ सय ४४ पुग्यो

म्यान्मारमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ४४ पुगेको छ । हिजो गएको ७.७ र ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ७ सय ३२ जना घाइते भएको त्यहाँको सेनाले जनाएको बीबीसीले उल्लेख गरेको छ । सोही भूकम्पका कारण थाइल्यान्डमा निर्माणाधिन ३० तले भवन भत्किदा १ सय जना कामदार बेपत्ता रहेको र ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । म्यानमार र थाइल्यान्डमा उद्धार कार्य चलिरहेको छ ।

यसैबीच, संयुक्त राष्ट्र सङ्घले भूकम्प प्रभावितलाई सहयोग गर्न म्यानमारलाई ५० लाख अमेरिकी डलर अनुदान प्रदान गरेको छ । संयुक्त राष्ट्र सङ्घका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले प्रभावितको जीवन रक्षाका लागि सङ्घको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषबाट ५० लाख अमेरिकी डलर विनियोजन गरेको जानकारी दिनुभयो । डुजारिकले म्यानमारमा लगभग २ करोड मानिसहरूलाई सहयोगको आवश्यकता रहेको र जसमा ३५ लाखभन्दा बढी मानिसहरू आफ्नो घरबाट विस्थापित भएको प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।