चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको आन्दोलनका क्रममा गोली लागेर भएका कीर्तिपुरका सविन महर्जनको शरीरमा एक गोली लागेको पाइएको छ । त्रिवि शिक्षण अस्पतालमा आज भएको पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको हो । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ । पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।