२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

दाङमा वन भेरीको टोकाइबाट पाँच जना घाइते

दाङमा वन भेरीको टोकाइबाट पाँच जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–३ डाँडाकुट्टीमा आइतबार साँझ करिब ६:३० बजे तिर वन भेरीको टोकाइबाट पाँच जना घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । बाटो हिँड्ने क्रममा वन भेरीले टोकेकाे हाे।  घाइते हुनेमा तुलसीपुर ३ की ३५ वर्षीया मनकुमारी केसी, उहाँका १० वर्षीय छोरा यमलाल केसी, ४० वर्षीय बसन्त बुढाथोकी, उहाँकी श्रीमती ४० वर्षीया शिवा बुढाथोकी र दुई वर्षीय छोरा ऋषिराज बुढाथोकी रहेका छन् ।

घाइतेमध्ये मनकुमारी केसी र छोरा यमलालको अवस्था सामान्य रहेको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । यस्तै, बसन्त बुढाथोकी, शिवा बुढाथोकी र छोरा ऋषिराजको अवस्था मध्यम रहेकाले साँझ ७ बजेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको  प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ।