२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

राप्ती नदीमा शव फेला

दाङको राप्ती गाउँपालिका १ भालुवाङ स्थित राप्ती नदीमा एक शव फेला परेको छ । शव पुर्वी नवलपरासी निवासी अन्दाजी ५५ वर्षिय गंगाप्रसाद रिमालकाे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
सोमबार विहान १० बजे १ नम्बर वडा कार्यालयको पछाडि राप्ती नदीमा नुहान गएका बालबालिकाले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय भालुवाङ र स्थानीयले नदीबाट शव निकालेर पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।