दाङमा तीन पालिकाबाट मात्रै पुस्तकका लागि रकम निकासा भएको छ । शिक्षा विकास तथा समन्वय इकाई दाङका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये तीनवटाले मात्रै पुस्तकका लागि रकम निकासा हो । समन्वय इकाईका अधिकृत एवं सूचना अधिकारी तिलकराम बन्जाडेले दिनुभएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका, बंगलाचुली गाउँ‘पालिका र शान्तिनगर गाउँपालिकाले मात्रै निकासा गरेका हुन् । दाङमा पाठ्यपुस्तकको लागि कूल सात करोड २१ लाख ६९ हजार बजेटमा ४६ लाख ८९ हजार छ सय ४९ रुपैयाँ मात्रै निकासा भएको छ । ‘हामीलाई प्राप्त विवरण अनुसार तीन स्थानीय तहबाट मात्रै निकासा भएको छ, बाँकी स्थानीय तहबाट निकासा हुने क्रम जारी छ’– सूचना अधिकारी बन्जाडेले भन्नुभयो– ‘बजेटको ७५ प्रतिशत निकासा गर्ने प्रावधान अनुसार निकासा हुने हो ।’ शिक्षा विकास तथा समन्वय इकाई दाङका अनुसार घोराही उपमहानगरपालिकामा पाठ्य पुस्तकको वार्षिक बजेट दुई करोड दुई लाख १३ हजार रुपैयाँ छ । तुलसीपुर उपमहानगरपालिकामा एक करोड ५५ लाख ६४ हजारमध्ये तीन लाख ७२ हजार पाँच सय ७७ रुपैयाँ निकासा भएको छ । लमही नगरपालिकामा ६० लाख ८० हजार, गढवा गाउँपालिकामा ५२ लाख ७४ हजार बजेट छ । बंगलाचुली गाउँपालिकाको वार्षिक बजेट ४८ लाख ४८ हजारमा २७ लाख ५० हजार ४७ रुपैयाँ निकासा भएको छ । राजपुर गाउँपालिकामा पाठ्यपुस्तकको बार्षिक बजेट ४४ लाख १६ हजार, बबई गाउँपालिकामा ४० लाख ३६ हजार, दंगीशरण गाउँपालिकामा २२ लाख ६४ हजार, राप्ती गाउँपालिकामा ६० लाख ६९ हजार छ । शान्तिनगर गाउँपालिकाको वार्षिक बजेट ३४ लाख पाँच हजारमा १५ लाख ६७ हजार २५ रुपैयाँ निकासा भएको छ ।
शैक्षिक सत्र २०८१ मा दाङमा सामुदायिक विद्यालयमा ८३ हजार सात सय २८ विद्यार्थी भर्ना भएका थिए । जसमा बाल विकासमा चार हजार सात सय तीन छात्रा र पाँच हजार चार छात्र गरी जम्मा नौ हजार सात सय सात विद्यार्थी भर्ना भएका थिए । कक्षा १–५ मा १६ हजार तीन सय ४३ छात्रा र १६ हजार ४९ छात्र गरी जम्मा ३२ हजार तीन सय ९२ विद्यार्थी भर्ना भएका थिए भने कक्षा ६–८ मा १३ हजार तीन सय ५८ छात्रा र १२ हजार पाँच सय २७ छात्र गरी जम्मा २५ हजार आठ सय ८५ र कक्षा ९–१० मा आठ हजार छ सय २६ छात्रा र सात हजार एक सय १८ छात्र गरी जम्मा १५ हजार सात सय ४४ विद्यँर्थी भर्ना भएका थिए । युगबोधमा सन्तोष खनालले खबर लेख्नु भएको छ ।।