नेपालमा मातृ शिशु मृत्यृदर घट्दै गएको छ । मुलुकमा मातृ र नवजात शिशु मृत्यदर घटाउन राज्यलाई सफलता मिलेको हो । नेपालमा नवजात शिशु मृत्युदर घटेर प्रति एक हजारमा १६।६ जना पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८० मा नवजात शिशु मृत्युदर प्रति एक हजारमा २१ रहेको थियो । सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रति हजार जीवित जन्ममा १२ प्रतिशतले झार्ने लक्ष्य छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन उल्लेखनीय प्रगति भए पनि प्रदेश र जिल्लाबीचका स्वास्थ्य असमानताले धेरै महिला गुणस्तरीय प्रसुति सेवाको पहुँचबाट वञ्चित भएको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार सन् २००० देखि २०२३ सम्ममा मातृ मृत्युमा विश्वव्यापी रूपमा ४० प्रतिशतले कमी आएको छ । सन् २०१६ पछि सुधारको गति सुस्त भएको छ । सन् २०२३ मा दुई लाख ६० हजार महिलाले गर्भावस्था वा प्रसुति हुने क्रममा जटिलताका कारण ज्यान गुमाएका छन् ।।