प्रदेश र संघ सरकारबाट पाउने सेवा सुविधाका लागि स्थानिय तहहरुले सिफारिस दिने गरेका छन् । स्थानिय तह मातहत रहेर प्रदेश र केन्द्र सरकारबाट दिर्घरोगी विरामीहरुलाइ विभिन्न किसिमका उपचारमा छुटदेखि सहयोगसम्मका सिफारिस स्थानिय तहले नै दिने गरेका छन् । सहयोग केन्द्र र प्रदेश सरकाले दिने भएपनि प्रक्रिया पु¥याउँदा सबैभन्दा पहिले स्थानिय तहकै भूमिका हुने गर्दछ । यसर्थ पनि दिर्घरोगी विरामीहरुले पाउने सेवा सुविधामा स्थानिय तहको गतिविधि महत्वपूर्ण हुन्छ । संघ र प्रदेश सरकारले दिने मुटु रोगी, क्यान्सर, मृगौलाका विरामी सिकलसेल एनिमियाका गरिव विपन्न समुदायका विरामीहरुलाई उपचारमा बार्षिक १ लाख र कसैलाई २ लाख बराबरको सहुलियत दिने गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८०र०८१ मा १ सय ८१ जना दीर्घ रोगी विरामीलाई संघ सरकारबाट एक लाख रुपैयाँ पाइने सेवा सुविधाका लागि सिफरिस दिएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिनुभयो । जसमा ४३ जना मुटु रोगी, ९० जना क्यान्सरपीडित, ७ जना इस्पाइनल इन्जुरी र २ जना सिकलसेल एनिमियाका विरामी रहेका छन् । यस्तै प्रदेश सरकार अन्तर्गत राप्ती प्रादेशिक अस्पतालमा रहेको सामाजिक इकाइ सेवाका लागि ५४ महिला र ६१ पुरुष गरी १ सय १५ जनालाई सिफारिस दिइएको छ ।
यसैगरी प्रदेश सरकारबाटै प्रदेश स्वाथ्य उपचार आर्थिक २ लाख बराबरको उपचार सुविधाका लागि १ सय १५ जनालाई सिफारिस दिइएको छ । जसमा मृगौला प्रत्यारोपणका लागि ५ जना , क्यान्सर रोगी १ सय १ जना र मुटुको भल्व फेर्ने विरामी ९ जना रहेका थिए । तुलसीपुर, उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको सम्झौता अनुसार ३ सय २७ महिला र २ सय १० जना पूरुष गरी ५ सय ३७ जनालाई निशुल्क आँखामा भएको मोतियाविन्दुको शल्यक्रियाका लागि सिफारिस प्रदान गरिएको छ ।।