लागूऔषध अपराधमा पक्राउ पर्नेको संख्या घट्न नसकेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि चालू आर्थिक वर्षको हालसम्म मुद्दा बढ्दो क्रममा छन् भने अभियुक्त पनि घट्न नसकेको पाइएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ३४ मुद्दामा ७३ अभियुक्त थिए । त्यस वर्ष ९० ग्राम छ सय ५८ मिलिग्राम ब्राउन सुगर, आठ केजी पाँच सय १६ ग्राम चरेस, तीन केजी तीन सय ग्राम अफिम र पाँच सय ३९ ट्यावलेट प्रहरीले बरामद गरेको गियो । आर्थिक वर्ष २०७७/०७८ मा ३९ मुद्दामा ७५ अभियुक्त थिए । त्यस वर्ष चार सय ६३ ग्राम छ सय २० मिलिग्राम ब्राउन सुगर, १५ किलो चरेस, दुई केजी सात सय ३२ ग्राम गाँजा, २१ केजी सात सय १७ ग्राम अफिम र छ सय ४५ ट्यावलेट प्रहरीले बरामद गरेको गियो ।
आर्थिक वर्ष २०७८/०७९ मा ५१ मुद्दामा एक सय १६ अभियुक्त थिए । त्यस वर्ष तीन सय ९१ ग्राम चार सय १८ मिलिग्राम ब्राउन सुगर, १७ किलो ५१ ग्राम चरेस, सात केजी सात सय ६० ग्राम अफिम, एक हजार १६ ट्यावलेट प्रहरीले बरामद गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ५९ मुद्दामा एक सय ३१ अभियुक्त थिए । त्यस वर्ष दुई सय ३८ ग्राम पाँच सय ७३ मिलिग्राम ब्राउन सुगर, १० किलो दुई सय ग्राम चरेस, १३ किलो तीन सय ७८ ग्राम गाँजा र तीन सय ८४ ट्यावलेट प्रहरीले बरामद गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ५१ मुद्दामा ९८ अभियुक्त थिए । त्यस वर्ष ४५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर, ११ किलो आठ सय २० मिलिग्राम चरेस, छ केजी सात सय २५ ग्राम गाँजा, १२ केजी अफिम, चार सय ७७ ट्यावलेट र ५४ एम्पुल मनोद्विपक पदार्थ जफत गरेको थियो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म ८२ मुद्दामा एक सय ३९ अभियुक्त पक्राउ परिसकेका छन् । यस वर्ष हालसम्म ८३ ग्राम चार सय मिलिग्राम ब्राउन सुगर, ९३ किलो सात सय २५ ग्राम चरेस, एक किलो नौ सय ५० ग्राम गाँजा, ११ किलो एक सय ८० ग्राम अफिम, पाँच हजार पाँच सय ५५ ट्यावलेट र ११ एम्पुल मनोद्विपक पदार्थ जफत गरेको छ । सुधार केन्द्रमा पनि ट्याब्लेट, ब्राउन सुगर र गाँजा सेवनकर्ता बढी रहेको सञ्चालक बताउँछन् । अघिल्लो वर्षहरुमा मादक पदार्थ सेवनकर्ता धेरै रहेकोमा हाल लागूऔषध प्रयोगकर्ता धेरै रहेको सुधार केन्द्र सञ्चालक सुरेश भुसाल बताउनुभयो ।यसैविच जिल्लामा रहेका पुनस्र्थापना केन्द्रमा दुव्र्यसनमा फसेर उपचार गराइरहेका दुई सय ९९ जना रहेका छन् । आजको नयाँ युगबोध दैनिकमा सन्तोष खनालले समाचार लेख्नु भएको छ ।।