२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

मातृभाषा हराएकोमा काङ्ग्रेस सभापति देउवाको चिन्ता 

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमेलीले मातृभाषा बोल्न छाडेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा सुदूरपश्चिममा मनाइने ‘बिसु पर्व’ को शुभकामना आदानप्रदानका लागि आज देउडा समाजले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले सुदूरपश्चिमेलीले आफ्नो भाषा बोल्न छाडेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले भाषा हराए समाज कमजोर हुने र बिखण्डित हुने स्मरण गर्दै अन्य मुलुकमा भाषा बचाउने काम भइरहेको बताउनुभयो । सभापति देउवाले सुदूरपश्चिमको भाषालाई जीवित राख्न सके आगामी दिनमा सुदूरपश्चिमेलीबाट नेपाललाई ठूलो योगदान हुन सक्ने पनि बताउनुभएको छ ।