आजदेखि देशभरमा भर्ना अभियान सुरू भएको छ । भर्ना अभियानको योजना तय गरी सरकारले मातहतका निकायमा अभियान सफल बनाउन निर्देशन दिएको छ तर शिक्षकहरू आन्दोलनमा रहेका कारण भर्ना अभियान प्रभावित हुने देखिएको छ ।
जनक शिक्षा सामग्री केन्द्रले यो वर्षको शैक्षिक सत्र शुरू हुनु करिब दुईसाताअघि नै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याइसकेको छ । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने लगायतका निर्णय हिजो मात्रै गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासङ्घको नेतृत्वमा गएको चैत २० देखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।