२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

भाइरल मोतीपुर मोटरबोट बन्द गर्न निर्देशन

पछिल्लो समय भाइरल भइरहेको दाङको मोतीपुर मोटरबोट बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । तुलसीपुर–११ मा रहेको मोतिपुर बबई नदिमा संचालनमा आएको मोटरबोट अबैधानिक भन्दै बन्द गर्न निर्देशन दिएको छ । .प्रशासनले आज एक सुचना जारी गरी आवश्यक प्रक्रिया पूरा नगरेका कारण बन्द गर्न यसअघि मौखिम निर्देशन दिएको र अटेर गरेपछि लिखित सूचना जारी गरेको जनाएको छ । प्रक्रिया पुरा नगर्दासम्म मोटर बोटिङ नगर्न प्रशासनले निर्देशन जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मंगलबार जारी गर्नुभएको सूचनामार्फत पर्यटन विभागबाट प्रचलित कानुन बमोजिम अनुमति नलिएर अवैधरुपमा मोटरबोट संचालन भएको उल्लेख छ । प्रमुख जिल्ला अधिकारीले नितिगत प्रक्रिया पूरा गर्न समेत मोटरबोट संचालकलाई निर्देशन दिनुभएको छ । नदिलाई थुनेर मोटरबोट संचालन हुँदा स्थानीय किसानको पानी सिंचाईमा असर पुगेको, नजिकै रहेको झोलुंगे पुलमा भिडभाड हुँदा पुल जोखिममा परेको लगाएका कारण स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३९क० को अधिकार प्रयोग गरी बन्द गर्न आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।