२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

पाँच वर्षमुनिका बालबालिकालाई छुटेको खोप वैशाख ३१ मा निःशुल्क लगाइने 


देशभर वैशाख ३१ मा पाँच वर्षमुनिका बालबालिकालाई छुटेको खोप निःशुल्क लगाइने भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार जन्मेदेखि १५ महिनासम्मका उमेरमा नियमित रूपमा दिइनुपर्ने तर छुटेका खोपहरू बालबालिकालाई लगाइनेछन्। यस अभियानमा १२, १३, १४, १५, १६ र १७ महिनाको उमेर समूहका खोप छुटेका बालबालिकालाई समेट्न आग्रह गरिएको छ।

खोप लगाउने सेवा देशभरका सबै स्वास्थ्य संस्थामार्फत सहज रूपमा उपलब्ध गराइनेछ। अभिभावकहरूलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा नजिकको स्वास्थ्य संस्थामा पु¥याएर छुटेको खोप लगाउन अनुरोध गरिएको छ। यो कार्यक्रम वैशाख महिनालाई ‘खोप महिना’का रूपमा मनाउने सन्दर्भमा आयोजना गरिएको हो।