२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

८ सयभन्दा बढीलाई दादुराको संक्रमण

संयुक्त राज्य अमेरिकामा यस वर्ष अहिलेसम्म ८ सय ८४ जनालाई दादुराको सङ्क्रमण देखिएको छ । जुन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा अत्यन्तै बढी रहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ । सन् २०२४ मा २ सय ८५ जनालाई दादुरा सङ्क्रमण पुष्टि भएको थियो ।

यसैबीच मार्चदेखि अमेरिकाले यमनमा १ हजार २ सय आक्रमण गरेको हुथी समूहले जनाएको छ । जसको परिणामस्वरूप सयौं नागरिकको मृत्यु भएको छ भने पूर्वाधारको व्यापक विनाश भएको छ ।