२०८२ साउन ४ गते शनिवार
२०८२ साउन ४ गते शनिवार

अहमदाबाद विमान दुर्घटनामा चालक दलका सदस्यसहित २४१ जनाको मृत्यु

भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्यसहित विमानमा सवार २४२ जनामध्ये २४१ जनाको  मृत्यु भएको छ।  १० जना चालक दलका सदस्यसहित २ सय ४२ यात्रु सवार थिए।

जसमा १ सय ६९ जना भारतीय नागरिक सवार थिए भने ५३ ब्रिटिश नागरिक रहेका थिए। त्यस्तै, ७ जना पोर्चुगिज र १ जना क्यानेडियन नागरिक रहेको थिए। एयर इन्डियाको बोइङ-७८७ विमान अहमदाबादबाट १:३८ बजे उडान भरेको थियो। तर उक्त विमान १:४० मै दुर्घटनामा पर्‍यो। विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजयी रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।