गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई आउँदो वर्ष तलब, पोशाक र रासनमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।काठमाण्डौमा आजदेखि शुरू भएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले देशको स्रोतरसाधन र बजेटको अवस्थालाई हेरेर तुलनात्मक रूपमा बढी नै बजेट विनियोजन गरेको बताउनुभयो ।
यसअघि ८र९ महिनासम्मका लागि तलब, पोशाक, रासनको व्यवस्था हुनेस ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुने गरेको भन्दै यस पटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरेको गृहमन्त्री लेखकको भनाइ छ ।अनुसन्धानमा प्रविधिको प्रयोग, शान्ति सुरक्षा कायमलगायतका पक्षमा जिम्मेवार बन्न उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।।