पश्चिमदाङको शान्तिनगर – ५ रगैंजा स्थित लोक प्रिय विद्या मन्दिरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दुना टपरी निर्माण तथा बत्ति काट्ने सिकाई कार्यक्रम गरेको छ । आज शुक्रबारिय कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई दुना टपरी निर्माण तथा बत्ति काट्ने सिकाई कार्यक्रम सप्पन्न गरेको हो । शिक्षासंगै परम्पराको जगेर्ना र सीप विकासलागि यस्तो खालको सिकाई कार्यक्रम गरेको विद्यालय प्रिन्सीपल शुसिल भण्डारीले जानकारी दिनुभयो । सधै किताबी ज्ञानमा तल्लिन विद्यार्थी परम्परागत सिप सिक्न पाउँदा निकै खुशी भएका थिए । पश्चिमदाङमा लोक प्रिय विद्या मन्दिरले उत्कृष्ट नजिता लिदै आएको छ । विद्यार्थीहरुलाई शिक्षा, संस्कार र सीपमुलक ज्ञान दिने विद्यालयको रहेको विद्यालय प्रिन्सीपल भण्डारीले बताउनुभयो ।