तुलसीपुर उपमहानगरपालिकाले निर्माण गर्न लागेको संचार कार्यविधिको मस्यौदाबारे छलफल गरिएको छ । तुलसीपुर उपमहानगरपालिकामा रहेका संचार माध्यमलाई व्यवस्थित बनाउने उद्देश्यले निर्माण गर्न लागेको कार्यविधिको मस्यौदामा छलफल गरिएको हो । स्थानिय स्तरमा संचालनमा रहेका रेडियो, पत्रिका, अनलाइन र टेलिभिजनबाट प्रकासन तथा प्रसारण गरिने लोककल्याणकारी सुचना तथा विज्ञानपनबो दररेटका विषयमा गहन छलफल भएको छ । उपमहानरपालिकाले पछिल्लो समय लोककल्याणकारी सुचनाको दररेट घटाएकोमा संचारसंचालकहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले समय अनुसार दररेट बढाउनु पर्ने नभए पुरानै दररेट कायम हुनुपर्ने माग गरेका छन् । ८ वर्ष अगाडि ८ हजार रहेको लोककल्याणकारी सुचनाको दररेट अहिले बढ्नु पर्ने अवस्थामा घटाएर २ हजारमा ल्याउनु उचित नभएको धारण संचार सरोकारवालाहरुले राखेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले स्थानिय संचार संस्थाको अभिभावकत्व ग्रहणका लागि ल्याउन थालिएको मस्यौदा सकारात्मक भएको बताउनुभयो । अहिले बनेको मस्यौदामा सच्याउनुपर्ने भन्दै अझै छलफल गरेर कार्यान्वयनमा लैजाने बताउनुभयो । मस्यौदा बनाएर मात्रै नहुने भन्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । कानुनको उद्देश्य भनेको सबैलाई व्यवस्थित बनाउने रहेकाले सबैलाई सहज हुने गरी निर्माण गर्न सुझाव दिनुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले कानुन अनुसारका कार्यविधि बनाएर काम गर्दा प्रधावकारी हुने भएकाले यसलाई छलफल मार्फत पुरा गरेर कार्यान्वयनमा लैजाने बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्र ऐना भएकाले कसैको दवाव र प्रभावमा नपरेर कलम चलाउन पनि पत्रकारलाई आग्रह गर्नु भयो ।सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष ओपेन्द्र बस्नेत, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सहसचिव दिपक बोहोरा लगायतले कुनै पनि स्थानिय संचार संस्थालाई समस्या नहुने गरी मस्यौदा कार्यान्वयनमा आउनु पर्नेमा जोड दिनु भएको थियो ।
संचार समस्यौदा कार्यदलका संयोजक तथा वडा नंबर ८ का अध्यक्ष धर्मराज वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुचना प्रविधि शाखाका प्रमुख बाबुराम न्यौपानेले गर्नु भएको थियो ।।