२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

राप्ती नदीमा डुबेर ३२ बर्षीय पुरुषको मृत्यु

दाङ, 
३० जेठ । दाङमा पानीमा डुबेर एक ब्यक्तिको मृत्यु भएको छ ।

दाङको राजपुर गाउँपालिका वडा नं. २ चख्पा स्थित राप्ती नदीमा विहीबार साढे १ बजेतिर डुब्दा सोही ठाउँका ३२ बर्षीय दिनगुरु चौधरीको मृत्यु भएको प्रदेश नं. ५ प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

नदीमा नुहाउन अन्य ब्यक्तिहरु गएको हुँदा यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।