२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

नेपालमा थप ८९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२१ सय एक जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७६ हजार आठ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ९५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ३० पुगेको छ । नेपालमा अहिले १२ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार २७ जनाको ज्यान गएको छ ।