२०८१ बैशाख ३१ गते सोमवार
२०८१ बैशाख ३१ गते सोमवार

जिल्लामै पहिलो पटक दंगीशरणमा आधुनिक गर्भनिरोधक सेवा शुरू

दाङ जिल्लामै पहिलो पटक स्थानिय तहको रूपमा दंगीशरणमा आधुनिक गर्भनिरोधक सेवा शुरू भएको छ । आधुनिक गर्भनिरोधक साधनको रुपमा दाङका १० वटा पालिका मध्य दंगीशरण गाउँपालिकामा पहिलो पटक सायना प्रेश (D.M.P.A-SC)  गर्भनिरोधक सुइको सेवा सुरु भएको हो ।

स्वास्थ्य साखा दंगीशरणको आयोजनामा सायना प्रेश सेवा संचालन तथा विस्तार सहजीकरण सामाग्रीबारे आज प्रशिक्षण कार्यक्रम समेत गरिएको छ । २०७७/०७८ मा सिन्धुलि र नवलपरासीमा परीक्षणको रुपमा लागु भएको सायना प्रेश सुइ अहिले दाङमा पहिलोपटक दंगीशरणमा सेवा शुरु गरीएको पालिकाले जनाएको छ ।

आज एक कार्यक्रमका बिच दंगीशरण भित्रका सवै स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ सायना प्रेश सुइको प्रयोग र यसका फाइदाहरुका वारेमा जानकारी गराइएको छ । सो अवसरमा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले आधुनिक प्रविधिको विकास सङ्गै सजिलो र सहज तरीकाको अस्थायी गर्भ निरोधक साधनको रुपमा सायना प्रेश सेवा दाङमै पहिलो पटक दंगीशरणमा सुचारु गर्न पाउदा आफु धेरै खुसि भएको बताए । आफु निर्वाचित भएर आइसकेपछी स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखि काम गरिरहेको समेत उनले बताए ।