२०८१ बैशाख ३० गते आइतवार
२०८१ बैशाख ३० गते आइतवार

प्रेस युनियन दाङकाे शुभकामना तथा बनभोज कार्यक्रम सम्पन्न

नेपाल प्रेस युनियन दाङले २०८१ सालको शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम घोराहीको बाह्रकुनेमा सम्पन्न गरेको छ । नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतमको प्रमुख आतिथ्यता एवं नेपाल प्रेस युनियन लुम्बिनीका अध्यक्ष सुदिप गौतमको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कायर्यक्रममा बोल्दै केन्द्रिय उपमहासचिव गौतमले नेपाल प्रेस युनियनको संगठन मजबुट बनाउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नु पर्ने बताउनुभयो । आगामी नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्व चयन गर्नकालागि विभिन्न पेशागत संगठन संग छलफल गरेर सहमति र सहकार्यका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनीका अध्यक्ष गौतमले आगामी नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको प्रेस युनियनको नेतृत्वमा हुने गरी अगाढि बढ्न निर्देशन दिनुभयो । विगतका दिनमा अन्य संगठनकालाई नेतृत्व जिम्मेवारी दिएको बताउदै यसपालि त्यो नहुने जिकिर गर्नुभयो । विगतको चुनावमा प्रेस युनियनका व्यक्तिबाटै गल्ति हुदा क्षति बेहोर्नु परेको स्मरण गराउदै अव त्यस्तो नहुने गौतमले बताउनुभयो । प्रेस युनियनमा आवद्ध सबै पत्रकारलाई कुनै गल्ति कमिकमजोरी गर्ने छुट नभएको बताउनुभयो । संगठकनको जे निर्णय हुन्छ त्यसैलाई आत्मसाथ गर्दै अगाडि बढ्न निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य केपी घिमिरे, सल्लाहकार शुसिल बस्नेत, लिला शाह, नारायणी रजौरे लगायतले सल्लाह र सुझाव दिनु भएको थियो । प्रेस चौतारी नेपाल दाङका अध्यक्ष प्रेम बहादुर राम्जा र प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले महासंघ सबैको भएकाले सहमति र सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो । नेपाल प्रेस युनियन दाङका पार्वती बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव अमर क्षितिज भण्डारीले गर्नुभएको थियो ।