२०८१ बैशाख ३० गते आइतवार
२०८१ बैशाख ३० गते आइतवार

बबई ७ मा २५७ जनाले आँखा शिविरमा स्वास्थ्य लाभ लिए

दाङको बबई गाउँपालिका वडा नं. ७ चरकमटियामा भएको निशुल्क आँखा शिविरमा २५७ जनाले स्वास्थ्य लाभ लिएका छन् । बबई गाउँपालिका वडा नं. ७ को आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा बैशाख १५ गते आँखा शिविर सम्पन्न भएको हो । २५७ जनाको आँखा चेक गराएकोमा १०१ जनालाई निशुल्क चस्मा प्रदान गरिएको र ५४ जनाको आँखा अप्रेशन गर्नुपर्ने भएकाले आँखा अस्पताल तुलसीपुर रिफर गरिएको वडा अध्यक्ष तिलकराम भण्डारीले जानकारी दिनुभयो ।