२०८१ जेष्ठ ८ गते मङ्गलवार
२०८१ जेष्ठ ८ गते मङ्गलवार

दाङ राजपुरकाे हाडबास गाउँमा आगलागी : गाउँ नै सखाप, २४ घर जले

दाङको राजपुर गाउँपालिका वडा नं. ७ हाडबास गाउँमा आगलागी गाउँ नै सखाप भएकाे छ । २४ घर जलेर नष्ट भएका छन् । गाउँमा २५ वटा घर थिए । ति मध्ये २४ वटा जलेर नष्ट भएका हुन् । एक घर मात्र बचेकाे ईलाका प्रहरी कार्यालय गढुवाले जानकारी दिएकाे छ । आगलागीले १० वटा गोठ समेत जलेर नष्ट भएका छन् ।

आईतबार दिउसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाएका हुन् । जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन् ।

नजिकै रहेको बनबाट लागेको आगो गाउँमा पसेको हो । बन क्षेत्र भित्रको बस्ति भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो । हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन सकेकाे छैन । आगलागीस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीहरू परिचालन भएपनि प्रयाप्त पानीकाे स्राेत नहुँदा र भाैगाेलिक कठिनाईका कारण आगाे नियन्त्रणमा ल्याउन कठिनाई भइरहेकाे प्रहरीले जनाएकाे छ ।