२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

सब डिभिजन वन कार्यालय प्रमुख घुससहित पक्राउ

माघ ८ बुटवल । रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुख ५ हजार रुपैंया घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई घुस लिदालिदैं रंगेहात पक्राउ गरेको हो। अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि माग गरेको रकम लिदालिदैँ बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको हो।

घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।