२०८१ बैशाख २३ गते आइतवार
२०८१ बैशाख २३ गते आइतवार

भक्तपुरको गाई फर्ममा आगलागी : १० वटा गाई मरे, १८ लाख ९० हजारको क्षति

फाइल तस्वीर

भक्तपुरको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई मरेका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर १ दधिकोट तर्खालमा ईश्वर न्यौपानेले सन्चालन गरेको गाई फर्ममा वैशाख ११ गते ११ बजे आगलागी भएको थियो।

आगोमा जलेर १० वटा गाई, टहरा र भाँडाकुँडासमेत गरी १८ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। दधिकोटका प्रहरी र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।