२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

बिजौरी उवासंघको अध्यक्षमा योगी र उपाध्यक्षमा बस्नेत र रेग्मी बिजयी

विजौरी,
९ फागुन । विजौरी उद्योग बाणिज्य संघको अध्यक्षमा प्रेमनाथ योगी विजयी भएका छन् । उनले १ सय ७७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लेखनाथ खत्रीले १ सय ३० मत ल्याएका थिए, भने प्रजातान्त्रीक प्यानलका विरेन्द्र खड्काले १ सय २२ मत ल्याएका थिए ।

त्यस्तै बाणिज्य उपाध्यक्षमा २ सय ५४ मत ल्याई प्रजातान्त्रीक प्यानलका दुर्गा बस्नेत विजयी भएका छन् । उनका प्रतिस्पर्धी बामपन्थी प्यानलका पुर्ण बहादुर डाँगीले १ सय ५१ मत ल्याएका थिए । उद्योग उपाध्यक्ष तर्फ प्रजातान्त्रीक प्यानलका बालकृष्ण रेग्मी २ सय ४० मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी बामपन्थी प्यानलका राम बहादुर डाँगीले १ सय ७१ मत ल्याएका थिए ।

संघको महासचिवमा प्रजातान्त्रीक प्यानलका विदुर गौतमले २ सय १९ मत ल्याई विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दुर्गा बहादुर वि.कले १ सय ९४ मत ल्याएका थिए ।

त्यसैगरी कोषाध्यक्षमा प्रजातान्त्रीक प्यानलका चित्र बहादुर खड्का २ सय ३९ मतका साथ विजयी हुदाँ उनका प्रतिस्पर्धी बामपन्थी प्यानलका च्यवन उपाध्यायले १ सय ६७ मत ल्याएका थिए । त्यसैगरी संघको सचिवमा बामपन्थी प्यानलका यज्ञ बहादुर पुन २ सय १६ मतका साथ विजयी भएका छन् ।