२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

नायक बिराज भट्टको प्रस्तुतीसँगै हापुरे महोत्सव सम्पन्न

हापुरे,
१० फागुन । पश्चिम दाङको हापुरेमा गत माघ २८ गतेदेखी सुरु भएको हापुरे ब्यापारिक तथा पर्यटन महोत्सव आज समापन भएको छ । महोत्सवको आज अन्तिम दिन शनिबार नेपालकै चर्चित नायक बिराज भट्टको प्रस्तुती रहेको थियो ।

महोत्सवमा आज चर्चित नायक बिराज भट्ट, लोक गायक कृष्ण रेउले, मोडेल चन्द्र वली, गायक तथा मोडेल ए.आर.मगर, हाँस्य कलाकार झग्गु भण्डारी सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।

बबई समृद्धि युवा क्लवको आयोजना र बबई मगर एकता युवा क्लव हापुरेको मुल आयोजनामा सञ्चालन भएको महोत्सव दर्शकहरुको उल्लेख्नीय सहभागीताका साथ सञ्चालन भएको थियो । महोत्सव पुर्ण रुपमा सफलताका साथ सम्पन्न भएको  मुल आयोजक समितिले जनाएको छ ।