२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

शनिबारसम्म देशका पश्चिम क्षेत्रमा असिनासहित पानी पर्ने

काठमाण्डौं,
२९ फागुन ।
बिहीबार पश्चिमी क्षेत्रमा बादल लागेर दिउँसो केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले पश्चिमका धेरैजसो ठाउँ तथा मध्य र पूर्वका पहाडी भेगमा बादल लागेको र पश्चिमका केही ठाउँमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

बिहीबार बेलुकी पहाडका केही ठाउँमा हावाहुरी, चट्याङ तथा केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज मौसम खुल्ने र बादल लाग्ने क्रम चलिरहने महाशाखाको अनुमान छ ।

यस्तै शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्नुको साथै पश्चिमका धेरै ठाउँमा हावाहुरी, चट्याङ, असिना तथा पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । भोलि मध्य र पूर्वी पहाडका केही ठाउँमा पनि हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

पश्चिमी वायूको प्रभावका कारण केही दिन पश्चिमी तथा मध्य पहाडीका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सजग रहन मौसमविद्ले आग्रह गरेका छन् । आइतबारबाट भने मौसम सफा हुने महाशाखाले अनुमान गरेको छ ।