२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

कपडाको मास्क उपयुक्त नभएको भन्दै वितरणमा रोक

सन्धिखर्क,
१६ चैत ।
मास्क वितरणका नाममा भीडभाड बढेको भन्दै अर्घाखाँचीमा कपडाको मास्क वितरणमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको बैठकले गाउँमा कपडाको मास्क वितरणमा रोक लगाएको हो ।

अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम, जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुख र सरोकारवाला सामाजिक अगुवासहित जिल्ला प्रशासनमा बसेको बैठकले कपडाको मास्क कोरोना नियन्त्रणका लागि उपयुक्त नभएको र वितरणका नाममा भीड गरिएको भन्दै वितरणमा रोक लगाएको छ ।

केहिदिन यता अर्घाखाँमा कपडाको माक्स वितरण अभियान स्थानीय तहका जनप्रतिनिधिले तीव्र बनाएका थिए ।