२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

पश्चिम दाङको सामुदायिक वनबाट बन्दुक र गोली बरामद

बबई,
६ बैशाख ।
वनको गस्ति टोलीले पश्चिम दाङमा सिकार गर्न प्रयोग गरिएको एक नाल भरुवा बन्दुक, बारुद र त्यसमा प्रयोग गरिने गोली बरामद गरेको छ ।

बबई गाउँपालिका वडा नं ७ हुरुमसल्लेरी र सातपोखरी सामुदायिक वन क्षेत्रको सिमानाबाट एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग गरिने बारुद, २ थान सिसा गोली, १ थान गोली बेरिड, २ थान बेलनाकार बेरिङ बरामद गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । सो क्षेत्रमा चोरी सिकारी हुने गरेको सुराकीका आधारमा शुक्रवार पुरन्धारा सव डिभिजन वन कार्यालयबाट गएको बन गस्ति टोलीले सिकारीले प्रयोग गर्ने सामान बरामद गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

वन गस्ति टोलीलाई देखेपछि सिकारी बन्दुर फालेर भागेको हुनसक्ने प्रमुख ज्ञवालीले बताए । घटना लगत्तै डिभिजन वन कार्यालय दाङबाट गएको थप गस्ति टोली र पुरन्धारा सब डिभिजन वन कार्यालयको गस्ति टोलीले वन क्षेत्रमा खोजी गर्दा सिकारीले वन्य जन्तु मार्नका लागि लुक्न बनाएका छाप्रा समेत फेला पारेको गस्तिमा सहभागि सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए ।