२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

राप्ती गाउँपालिकामा ११ जना क्वारेन्टाईनमा

लालमटिया,
१२ बैशाख ।
मजदुरी गरि हिँड्दै र विभिन्न सवारी साधनमा पाठसार हुँदै विहिवार साँझ घर फर्किएका ११ जना मध्य ६ जनालाई स्वास्थ्य चेकजाच गर्दा ज्वरो देखापरेपछि राप्ती गाउँपालिकाले ११ जनालाई विहिवार राति क्वारेन्टाईनमा भर्ना गरेको छ ।

दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं २ का नागरिकहरु मजदुरी गर्ने क्रममा विभिन्न अवस्था पार गर्दै घर आउने क्रममा लालमटिया स्वास्थ्य चौकी भालुवाङको स्वास्थ्यकर्मिको टोलिले भालुवाङ बाटोमै स्वास्थ्य चेकजाँच गर्दा ६ जनामा ज्वरो आएको पाईएकोले स्वास्थ्यकर्मि र सुरक्षा निकायको निगरानिमा लालमटिया स्थीत ऐरावति आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखीएको राप्ती गाउँपालिका स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए।