२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

विवाहको खर्च कटाएर विद्यालयलाई १ लाख ५० हजार सहयोग

बबई, 
२६ वैशाख । दाङका नवविवाहित एक जोडीले विवाहको खर्च कटाएर विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

जिल्लाको बबई गाउँपालिका वडा नम्बर २ निवासी तथा नेपाल विधुत प्राधिकरण अमुवा रुपन्देही वितरण केन्द्रका प्रशासन प्रमुख र नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर ५ का युवा समिति सचिव सुरेन्द्र केसी र रोल्पामा कार्यरत सब ओभरसियर मीना खड्काको जोडीले आफ्नो विवाहको खर्च कटाएर सहयोग गर्ने बताएका छन् ।

उनीहरुले बबई गाउँपालिकाको पुरन्धारा बहुमुखी क्याम्पसमा लाइवे्ररी निर्माणका लागि १ लाख ५० हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।