२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

अगैया दुर्घटना : घाईते २१ जनाको परिचय खुल्यो

बाँके,
१९ जेठ । गएराती बाँकेको ठुहरिया जंगलमा १२ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा परि घाईते भएका २१ जनाको परिचय खुलेको छ ।

प्रहरीका अनुसार घाईते हुनेमा दाङको धर्ना–४ निबासी ४५ बर्षका मेगराज केसी, रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला निबासी १७ बर्षका सुनिल परियार, सोही ठाउँका २० बर्षका वीरेन्द्र परियार, १८ बर्षका पुरन परियार, तुलसीपुर–२ खैरीपुर निबासी ३९ बर्षका विष्णु गिरी, सोही ठाउँका २३ बर्षका रुपलाल केसी, सल्यानको शारदा नगरपालिका–६ कजेरी निबासी २६ बर्षकी टिका चलाउने, राजपुर गाउँपालिका–६ निबासी २० बर्षका दिपेश चौधरी, रोल्पाको कुरेली निबासी ५२ बर्षका नरबहादुर विक रहेका छन् ।

त्यसै गरी दाङको राजपुर गाउँपालिका–२ निबासी २१ बर्षका जीवन घर्ती, रोल्पाको मुरु–८ निबासी ४० बर्षका दिलबहादुर विक, सल्यानको कुपिन्डे गाउँपालिका– ६ निबासी २० बर्षका मिनराज विक, सिद्धकुमाख गाउँपालिका–५ निबासी ४० बर्षका तेजबहादुर बुढाथोकी, छापडाँडा निबासी १८ बर्षका घनबहादुर बोहरा, सिद्धकुमाख–४ चाँदे निबासी २८ बर्षका लोकेश घर्ती, सोही ठाउँका २६ बर्षका शिव भण्डारी, बर्ष १८ का देवेन्द्र खड्का, सोही ठाउँको बर्ष १७ को ज्ञानबहादुुर बोहोरा, २६ बर्षका निमबहादुर वली, कुपेन्डे गाउँपालिका–६ निबासी ५२ बर्षका दिपबहादुर बुढा र दाङको गढवा गाउँपालिका–६ मानपुर निबासी २० बर्षका भरत थापा रहेका छन् ।