२०७८ बैशाख ८ गते बुधवार
२०७८ बैशाख ८ गते बुधवार

पहिरोले पाल्पामा २ जनाको मृत्यु, ४ वटा सवारी साधन बगायो

पाल्पा, 
८ असार । पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ ।

सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा रिडी तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो ।

ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्‍ने यकिन जानकारी छैन । अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । उक्त पहिरो डेढ सय मिटर लामो छ । अहिले पहिरो हटाउने काम भइरहेको खबर कान्तिपुरमा प्रकाशित छ ।