२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

लमहीको अर्जुन खोलामा बाढीको किर्तिम घटना अभ्यास

लमही,  
असार १८ । रबर बोटमा बसेकाहरु छिटो छिटो त्यसलाई चलाई रहेका छन् । कोही छिटो जाउ र उस्लाई बचाउ भन्दै खोला किनार बाट कराई रहेका थिए । कारण लमहीस्थित अर्जुन खोलामा आएको बाढीमा एकजना मानिस बगिरहेको दृष्य देखिएको थियो । केही बेरमै त्यहाँ साहेताको लागि नेपाली सेना, सशस्त्र प्रहरीको एउटा टोली आइपुग्यो ।

पानीमा नडुब्ने ज्याकेट, हेलमेट लगाएका मानिसहरु पनि एकाएक त्यहाँ देखिए । अनि केही बेरमै अर्जुन खोलामा लमही नगरपालिकाका मेयर कुलबहादुर केसीपनि आइपुगे ।

मानिसहरु केही मानिसहरु अर्जुन खोलाको बाढीमा बग्दै गरेका मानिसहरुको उद्धारमा तल्लिन थिए । बाढीले बगाउँदै गरेका मानिसहरुलाई उद्धारकर्मीले उद्धार गरि ल्याए । उनीहरुलाई तत्काल कसरी अस्पताल सम्म पठाइयो ।

बिहीवार दिउँसो अर्जुन खोलको दृष्य ठिक यस्तै थियो। त्यो देख्नेहरु कतिपय अलमलिय पनि । कारण त्यहाँ त्यति ठूलो क्षति गर्ने खालको बाढीपनि आएको थिएन ।

यर्थातमा त्यो जिल्ला विपद व्यवस्थापन समिति दाङको नेतृत्वमा भएको बाढीको कित्तिम घटना अभ्यास मात्रै थियो । समितिका विनायक पौडेलका अनुसार बर्षाको समय आइसेकेको हुँदा संभावित बाढी आएमा कसरी उद्धारमा खटिने र मानिसको ज्यान जोगाउन भन्नेका लागि गरिएको त्यो एउटा अभ्यास मात्रै थियो ।