२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

कोरोना अस्पताल बेलझुण्डीमा एक महिलाको मृत्यु

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निबासी ६६ बर्षकी कोरोना संक्रिमत महिलाको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

रुपन्देहीको प्रादेशिक र धागो अस्पतलामा आईसीयु बेड नभएपछि उनलाई थप उपचारका लागि गएराति साढे १० बजे बेलझुण्डी ल्याइएको थियो । उनलाई असोज २२ गते रुपन्देहीको प्रादेशिक अस्पतालमा भर्ना गरीएको थियो । मृतक कोरोना संक्रमित महिलाको शव व्यवस्थापन नेपाली सेनाले गरेको छ ।

कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि बेलझुण्डीमा आएका ५ सय ५ जना मध्य ४ सय ४ जना उपचारपछि घर फर्किसकेको र ९ जनाको अहिले पनि कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ ।