२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

लोक संगीतकर्मी श्रेष्ठको हृदयघातबाट निधन

लोक संगीतकर्मी मथुराप्रसाद श्रेष्ठको विहीवार हृदयघातका कारण निधन भएको छ । दाङको घोराही उपमहानगरपालिका–१४ मिलनचौकस्थित आफ्नै निवासमा विहान सवा १० वजे ७६ वर्षको उमेरमा निधन भएको हो ।

२००२ साल जेठ २ गते जन्मिनु भएका श्रेष्ठको लोक संगीतका क्षेत्रमा योगदान छ ।

बगेको खोला पर्केर आउँदैन
गएको जोवन घुमेर आउँदैन…… आउदैन….. आउँदैन…..

जस्ता थुप्रै गीत गाउने, गीत सिर्जना गर्ने र संगीत भर्ने काम गर्नुभएको छ । उहाँका ८ वटा गीत रेकर्डेट छन ।

नेपाली लोक संगीतमात्र नभइै मथुरा नेवारी कला संस्कृतिका ज्ञाता हुनुहुन्थ्यो । नेवारी कला, संस्कार, सँस्कृतिलाई नयाँ पुस्तामा प्रवाह गर्ने काम श्रेष्ठले गर्दै आउनु भएको थियो ।

श्रेष्ठका २ छोरा र २ छोरी र श्रीमति हुनुहुन्छ ।

दिवंगत श्रेष्ठको पार्थिव शरिर निवासमै राखिएको छ । श्रेष्ठको शुक्रवार विहानमात्रै दाह संस्कार गरिनेछ ।