दाङ जिल्ला उद्योग वाणिज्य संघका नब निर्वाचित कार्य समितीको पदहस्तान्त्रण तथा सपथ ग्रहण माघ २ गते हुने भएको छ ।
संघको यही पुस २० गते सम्पन्न निर्वाचन बाट निर्वाचित समितीको पदभार ग्रहण तथा सपथ ग्रहण माघ २ गते हुने भएको संघका अध्यक्ष नाराणप्रसाद भुसालले जानकारी दिए ।
पदहस्तान्त्रण तथा सपथ ग्रहण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आउने अध्यक्ष भुसालले बताए ।
कार्यक्रम संघको सभा कक्षमा हुने भएको छ ।