२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

मदिरा तथा लागू औषध सेवन गर्नेबाट महिला र बालबालिका असुरक्षित

मदिरा तथा लागू औषत सेवन गर्नेबाट महिला तथा बालबालिका सुरक्षित हुने गरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बबई गाउँपालिकाको हापुरेमा भएको मदिरा सेवन तथा लागू औषध दुव्र्यसन सम्बन्धी १ दिने सचेतना मुलक कार्यक्रममा सहभागी महिलाहरुले यस्तो बताएका हुन् । बबई गाउँपालिका महिला बालबालिका शाखाको आयोजना भएको मदिरा सेवन तथा लागू औषध दुव्र्यसन सम्बन्धी १ दिने सचेतनामुलक कार्यक्रममा सहभागीहरुले मदिरा तथा लागू औषध सेवन गर्नेहरुबाट बढि महिला तथा बालबालिका असुरक्षित हुदै गएका बताएका थिए ।

कार्यक्रममा बोल्दै बबई गाउपालिकाका उपाध्यक्ष साबित्रा बिकले मदिरा तथा लागू औषध सेवन गर्नेको घर तथा घर बाहिरका मान्छेबाट असुरक्षित भएको बताए । महिला माथि विभिन्न किसिमका हिंसाका घटना मदिरा तथा लागू औषध सेवन गर्नेबाट भएकाले यस प्रति सचेत हुन आवश्यक रहेको औल्याए ।

कार्यक्रममा बबई गाउँपलिकाका वडा न २ का वडा सदस्य मन्जु वलीले लागू औषत नियन्त्रण तथा रोकथामका लागि एक्लै नभयर सामुहिक रूपमा लाग्न आवश्यक रहेका बताए । वडा न ७ का सदस्य रुपा रानाले वडा स्तरिय सचेतना मुलक कार्यक्रम गर्नु पर्ने वताए ।

वडा सदस्यहरु कमला कुमरी सार्की, वडा न ४ का सदस्य गौरी बोहोरा, कृष्णा खड्का, गिता परियार, टेकि वलिले समाजमा अहिले पनि व्यापक रुपमा मदिरा सेवन गर्नेको संख्या बढ्दो रहेको बताए ।

यस्तै बबई महिला संजाल अध्यक्ष दिपा के.सी., बबई गाउँपालिका कृर्षि शाखा प्रमुख चन्द्र शोभा कडेल, पुतला खत्री, महिला नेतृ उर्मिला वली, पत्रकार देवि भण्डारी, प्रेम कुमारी वलि ,राजकुमारी डागी, देविकला बिक, बेल्मती केसि, मधवा गौतम, जशी बिक, बम कुमरी खड्काले सभ्य समाज निर्माण गर्न मदिरा तथा लागू औषध नियन्त्रण गर्न महिलाहरु एकजुट हुन आवश्यक रहेको बताए । बालबालिकाको हेरचाहमा अभिभावकले समय दिन आबश्यक रहेको बताउदै अफ्ना सन्तानले के गर्दै छ, कहाँ छ चासो दिनु पर्ने बताए ।

कार्यक्रम हिंसा पीडित महिला चन्द्रा खत्रीले २४ बर्ष देखि निरन्तर हिंसा सहदै आयको बताउदै पहिलेको तुलनामा अहिले झनै बढि भएको बताए ।

कार्यक्रमको सहजिकरण महिला बालबालिका शाखा प्रमुख इश्वारा रावतले गरेका थिए ।