२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

विपन्न गन्धर्व समुदायका ७० घर परिवारलाई खाद्यन्न सहयोग

पश्चिमदाङकाे बबई गाउँपालिकामा रहेका विपन्न गन्धर्व समुदायका ७० घर परिवारहरुलाई खाद्यन्न सहयोग गरिएकाे छ ।
लायन्स क्लब अफ तुलसीपुर इसान र लियो क्लब अफ तुलसीपुर इसानले कोरोनाका कारण आर्थिक रुपमा समस्यामा परेका बबई ५ र ६ का विपन्न गन्धर्व समुदायका ७० घर परिवारहरुलाई खाद्यन्न सहयोग गरेकाे हाे ।

साे अवसरमा बबई गाउपालिका उपाध्यक्ष सावित्र विश्वकर्मा, चेम्बर अफ कमर्स तुलसीपुरमा अध्यक्ष टोप वहादुर घर्ती, प्रेम गिरी, मनजीत पून, रोसी भण्डारी, प्रवेश भुसाल, हरी भुसाल, रमा तमाङ, डम्बर बहादुर श्रीस, रबीन भण्डारी, पहल वहाुर रोकाकाे सहभागिता रहेकाे थियाे ।